दुई दिनदेखि बेपत्ता व्यक्तिको शव झुण्डिएको अवस्थामा भेटियो

IMG-20250104-WA0172

सिलगढी: दुई दिनदेखि हराइरहेका एक व्यक्तिको शव अन्ततः झुण्डिएको अवस्थामा फेला परेको छ। सिलगढी नगरनिगमअन्तर्गतको जलस निजामतारा क्षेत्रको बारापाथु गाउँमा झुण्डिएको शव देखेर पूरै क्षेत्रमा सनसनी फैलिएको छ। परिवारले हराएको भन्दै फाँसीदेवा पुलिस चौकीमा लिखित उजुरी दिएका थिए। आज बिहान परिवारका सदस्यले घरको छेउमा झुण्डिएको अवस्थामा फेला पारे। यसपछि पुलिसलाई झुण्डिएको जानकारी दिइयो। पुलिसले शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा पठाएको छ। मृतकको परिवारमा दुई छोरी र श्रीमती छन्। तर, यो घटना के कारणले भयो परिवारका सदस्यले बुझ्न सकेका छैनन्। घटनाको सम्पूर्ण अनुसन्धान थालेको फाँसीदेवा पुलिस चौकीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement