साथीको हत्या गरी शवलाई डोरीेले बाँधेर झुण्डाउने मृतकका साथीहरु पक्राउ

IMG-20240721-WA0134

गुवाहाटी(असम): उत्तर गुवाहाटीको तिलिंगाउंमा एउटा हत्याको घटना अघि आएको छ। धर्म प्रचारक भक्त वैष्णवको हत्या गरी उसको शवलाई डोरी बाँधेर झुण्डाइ दिएको घटनाले सो क्षेत्र अहिले आतंकित बन्न पुगेको छ । घटनाको प्राप्त बिबरण अनुसार गत ३० दिसम्बरदेखि नै शरण भागवती समाजका निरन्तर साधक २३ बर्षीय विकी दास बेपत्ता भएका थिेए।
गए शुक्रवार विकी दासको शव डोरीमा झुण्डिरहेको अवस्थामा फेला पऱ्यो। त्यसपश्चात सो क्षेत्रमा सनसनी फैलिएको छ। पुलिसले आज सो घटनाका बारे बताए, हत्याको आशंकामा विकी दासका दुई साथी विनय दास उपनाम पिताई र उत्पल दासलाई पक्राउ गरिएको छ।
पुलिसले गरेको जाँचबुझ पछि दुवै साथीले मिलेर हत्या गरेपछि चार दिनसम्म सामान्य जीवन बिताए र घटनालाई लुकाएका थिए। घटनास्थलमा उत्तर गुावहाटी पुलिस तथा उच्च पुलिस अधिकारी पनि पुगेका छन्। यस हत्याकाण्डले उत्तर गुवाहाटीमा व्यापक तनाव तथा उत्तेजना सृजना गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement