हिसार: भाजपा नेत्री सोनालीको मृत्यमा आरोपित बनाइएको सुधीर साङवान केवल पीए होइन तर सोनालीको साथ लिव इनमा बसिरहेको थियो। पक्रा परेपछि १० दिनको रिमाण्डमा सुधीरले यो कुरा स्वयं स्वीकार गरेका छन्।
गोवा पुलिसले दाबी गरेको छ, हत्याकाण्डमा पक्रा परेको सुधीर साङवान सोवाली फोगाटको केवल पीए थिएन तर लिव इन रिलेशनशिपमा उनको साथ बसिरहेको थियो। ती दुईले एक-अर्कालाई मन पराउनेगर्थे। गोवामा सोनालीको हत्या भएदेखि सुधीर १० दिनदेखि पुलिस रिमाण्डमा छ। पुलिस सोधपुछमा उसले आफू सोनालीको साथ लिव इनमा बसिरहेको थियो भनी स्वीकार गरेको छ। पुलिस अब यसको पुष्टि गर्नका लागि छानबीनमा जुटेको छ। गोवाको अन्जुना थानाका प्रभारी प्रशाल देसाई अनुसार, सुधीरले लिव इनमा रहेको कुरा स्वीकार गरेको छ। सुधीरको यस दाबीपछि मामिलाको तह बिस्तारै खोलिरहेछ। अहिले गोवा पुलिसको दुई सदस्यीय टीम हरियाणामा छ ताकि हत्याकाण्डसित जुड़ेको अहम साक्ष्य जुटाउन सकियोस्।