दार्जीलिङ: आत्मविश्वास, मिहिनेत र परिश्रम नै सफलताका कुञ्जी हुन्। आत्मविश्वासलाई दह्रो राखेर भविष्यको लक्ष्यलाई पनि आफूसँग साथै लिएर हिड्ने मानिस नै सफलता पाउँछन्l यस्तै सफलताको उदाहरण बनेकी छन् डा लाडेनl लोहापूल निवासी सुरेन मोक्तान र साङडोल्मा मोक्तानकी छोरी लाडेन मोक्तान सानैदेखि पढाइमा मेधावी विद्यार्थी हुन्l सफलता लक्ष्य होइन, सफलता एउटा यात्रा हो- यहीं सोंच राख्ने डा लाडेन मोक्तान सानैदेखि सफलतालाई आफ्नो सहयात्री ठानेर निरन्तर अघि बढिरहिन्, अनि उनको यो यात्रा निरन्तर रहेको छ।

लाडेन मोक्तान कालेबुङ सेन्ट जोसेप कन्भेन्टबाट आईसीएसईमा प्रथम दर्जामा उत्तीर्ण भएपछि आफ्नो लक्ष्य तयार गरेकी हुन्। यसपछि कालेबुङ केन्द्रीय विद्यालयबाट सीबीएसई पनि प्रथम दर्जामा नै उत्तीर्ण गरेर आफ्नो लक्ष्यलाई अझ दह्रो बनाइन्। उनले आकाश शैक्षिक संस्थानमा अध्ययन गरेर नीट परीक्षा सफलतापूर्वक उत्तीर्ण गरिन्l गत वर्ष २१ दिसम्बर २०२४ मा अहमद डेन्टल कलेज एवं अस्पतालबाट बीडीएस (बेचलर अफ डेन्टल) को परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेर डेन्टल डाक्टर बन्न सफल भइन्। सफलताको यात्रा हुँदै डा लाडेन साच्चै सफलता आफ्नो यस लक्ष्यमा पुग्न सफल भइन्l आफ्नो परिवार, आफन्तजन पहाड-तराईवासीको निम्ति उनी गौरव बनेकी छिन्l उनको यो सफलता समाजका हेरेक विद्यार्थीका निम्ति प्रेरणादायक बनेर उदाहरणीय बनेको छ। सफलताकै अर्को खुड्किलो पार गर्न डा लाडेन हाल कोलकातामा रहेर एमडीएस गरिरहेकी उनका परिवारले बताएका छन्।