गान्तोक: सदर थाना क्षेत्र अन्तर्गत बुर्तुकस्थित हेलीप्याडमा स्थानीय एक व्यक्तिको दोकानमा चोरी भएको छ। यो घटना ३० र ३१ अगस्त राति भएको बताइएको छ।
पुलिस रिपोर्ट अनुसार, बुर्तुकको हेलीप्याड निवासी एक दोकानदारले गत ३० र ३१ अगस्त राति उनको दोकानमा चोरी भएको जनाएकाे छ। चोरले लोअर बुर्तुकस्थित उनको दोकानकाे शटरको ताला तोड़ेर दोकानबाट १२ लाख ५० हजार रूपियाँ चोरी गरेको बताइएको छ।
पुलिसले अज्ञात आरोपित (हरू) विरूद्ध आईपीसीको धारा ३८०/४५७/३४ अन्तर्गत मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।