ब्रिसबेन (अष्ट्रेलिया): नोवाक जोकोविचले ब्रिसबेन इण्टरनेशनल टेनि टुर्नामेण्टको क्वार्टर फाइनलमा यहाँ राइली ओपेल्काविरुद्ध सीधा सेटमा ६-७, ३-६-ले हारको सामना गर्नु पऱ्यो। अमेरिकी खेलाड़ी ओपेल्काले १६ वटा ऐस लगाएर आफ्नो करियरको सबैभन्दा ठूलो जीत हासिल गरे। ३७ वर्षीय जोकोविच अष्ट्रेलियन ओपनको तयारी गर्न यस टुर्नामेण्टमा खेलिरहेका थिए। अष्ट्रेलियन ओपन १२ जनवरीदेखि शुरु हुनेछ अनि टुर्नामेण्टमा जोकोविच १० पल्टका च्याम्पियन हुन्। ओपेल्काले फरवरी २०२२-मा सर्वश्रेष्ठ करियर ऱ्याङकिंग १७ हासिल गरेका थिए। चोट अनि त्यसको सर्जरीले गर्दा लामो समयसम्म खेलबाट टाढ़ा रहेको हुनाले वर्तमानमा उनी वर्ल्ड ऱ्याङकिंगमा २९३औं स्थानमा रहेका छन्। अब सेमिफाइनलमा ओपेल्काको भिड़न्त डी एमपेत्शी पेरीकार्डसँग हुनेछ। पेरीकार्डले याकूब मेनसिकलाई ७-५, ७-६-ले पराजित गरे। दोस्रो सेमिफाइनलमा जिरी लेहेकाको भिड़न्त ग्रिगोर दिमित्रोवसँग हुनेछ। लेहेकाले निकोलस जेरीलाई सीधा सेटमा ६-४, ६-४-ले पराजित गरे। यसरी आफ्नो प्रतिद्वन्द्वी जोर्डन थम्पसन रिटायर्ड हर्ट हुँदा दिमित्रोवले सजिलै सेमिफाइनलमा प्रवेश गरे। खेल रोकिँदासम्म दिमित्रोव ६-१, २-१-ले अघि रहेका थिए।











