सिलगढी: श्रीमतीसँग झगडा भएपछि मादक पदार्थ सेवन गरेका श्रीमानले आफ्नै घरमा आगो लगाएको समाच्छार छ। सिलगढी महकुमा परिषदअन्तर्गतको जलस निजामतारा क्षेत्रको झमकलाल जोत गाउँमा यो घटना बाहिरिएपछि सनसनी फैलिएको छl समाचारअनुसार नूर इस्लाम राति अबेर घर आएर खाना खाएका थिए। त्यसपछि उनले श्रीमतीसँग कुनै कुरालाई लिएर झगडा गर्न थाले। पछि मादक पदार्थ सेवन गरी घरमा आगो लगाएर भागेको समाचार छ। आगो लागेको देखेर उनकी श्रीमती छोरालाई लिएर भागेर बाबुको घर पुगिन्। खबर पाएलगत्तै फाँसीदेवा पुलिस चौकीबाट पुलिस घटनास्थल पुग्यो। स्थानीयवासी र पुलिस प्रशासनले आगो नियन्त्रणको प्रयास गरेका थिए। लगत्तै मतिगढाबाट दमकल पुगेर आगो नियन्त्रणमा लियो। पुलिसले नुर इस्लामको खोजी शुरु गरेको छ। यद्यपी यस घटनामा कुनै हताहतीको खबर आएको छैन।











