राज्यपाल माथुरकाे विभिन्न महत्वपूर्ण स्थलहरूको भ्रमण

n6461152121735924913445681e7be2cb90e473d2633fe3905aa6c3d576515709e52891da0758f0be4c1a1e

गान्तोक: राज्यपाल ओम प्रकाश माथुरले आफ्नो आधिकारिक यात्राको क्रममा विभिन्न महत्वपूर्ण स्थलहरूको भ्रमण गरे। राज्यपालले लगभग १५,६०० फीटको ऊचाईमा स्थित डोका-लाको भ्रमण गरे, जहाँ २०१७ मा भारत-चीन विवाद भएको थियो।
राज्यपालले स्थानको निरीक्षण गरे अनि त्यहाॅंको स्थितिको जायजा लिए।
डोका-लामा राज्यपालले भारतीय सेनाका जवानहरूसॅंग कुराकानी गरेर हौसला बढाए। उनले भारतीय सैनिकहरूको वीरता, साहस र समर्पणको सराहना गरे अनि भने, हाम्रा सैनिकहरूको समर्पण र निष्ठाले देशको सुरक्षा र सम्मानलाई सदैव बनाइराखेको छ।
यस अवसरमा राजस्थान सरकारको वन एवं पर्यावरण मन्त्री, संजय शर्मा, १७औं माउण्टेन डिभिजनका जीओसी मेजर जनरल एमएस राठौरसहित अन्यहरू उपस्थित थिए। राज्यपालले डीचु गाँउका स्थानीय निवासीहरूसॅंग कुराकानी गर्दै उनीहरूका चुनौतीहरू र समस्याहरूको बारेमा जानकारी लिए। राज्यपालले स्थानीय मानिसहरूको समस्या समाधान गर्ने हर सम्भव प्रयास गर्ने बताए।
राज्यपालले ८ माइलस्थित क्योङन्स्ला ग्राम पञ्चायत एकाईमा वृक्षारोपण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement