दक्षिण कोरियामा राष्ट्रपतिलाई पक्राउ गर्न घरमै पुग्यो पुलिस

00-1-South-Korea-1

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योललाई उनको निवासमै पक्राउ गर्न पुगेको पुलिस  टोली उनीसम्म पुग्न सकेको छैन। यस पक्राउको विरोधमा उनका समर्थकहरु ठूलो संख्यामा भेला भएका छन्। राष्ट्रपतिको सुरक्षा बलले पुलिसलाई राष्ट्रपति युनसम्म पुग्नबाट रोकेको छ। वास्तवमा, युनले ३ दिसम्बरको रातमा अचानक मार्शल लको घोषणा गरेका थिए। यसको विरोधमा देशैभर चर्को विरोध भएको थियो। राष्ट्रपतिलाई महाभियोग लगाइएको थियो र त्यसपछि यस हप्ताको शुरुमा उनको विरुद्ध पक्राउ वारेन्ट जारी गरिएको थियो। युनलाई राष्ट्रपतिको शक्तिको दुरुपयोग र विद्रोह गर्न उक्साएको घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूसामु उपस्थित हुन बोलाइएको थियो। तर उनले जवाफ दिन मानेनन्। अहिले उनलाई पक्राउ गर्न करिब २० पुलिस अधिकारीको टोली युन सुक–योलको घर पुगेको छ। राष्ट्रपतिका वकिलले यो “अवैध गिरफ्तारी वारेन्ट” लाई चुनौती दिने बताएका छन्। १४ दिसम्बरमा, सांसदहरूले उनलाई महाभियोग लगाउने पक्षमा मतदान गरे। यसपछि युनलाई आफ्नो जिम्मेवारीबाट निलम्बन गरिएको थियो। तर उनलाई देशको संवैधानिक अदालतको फैसलापछि मात्र पदबाट हटाउन सकिनेछ। यसैबीच उत्तर कोरियाबाट पनि प्रतिक्रिया आएको छ। त्यहाँको सरकारी मिडियाले दक्षिण कोरियामा ‘राजनीतिक अराजकता’को अवस्था रहेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement