राजगञ्ज: राजगञ्जको शिमुलगु ढ़ीमा चितुवाको आतंकले स्थानीय जन जीवन त्रासित छन्। शुक्रबार दिउँसो राजगञ्ज ब्लकको मन्तडारी ग्राम पञ्चायत अन्तर्गत शिमुलगुढ़ीको पाखिरडांगा क्षेत्रमा चितुवाको डर फैलियो। खबर पाएलगत्तै अम्बरी क्षेत्रअन्तर्गत पर्ने चेउलीबारी बिटका वनकर्मी घटनास्थल पुगेका थिए।
चिया बगानमा काम गर्ने क्रममा मजदुरहरुले अचानक उक्त चितुवा बगैँचामा देखेको बताइएको छ। त्यसपछि उक्त क्षेत्रमा त्रास फैलियो। त्यसपछि वन विभागले घटनाको जानकारी पाएलगत्तै वनकर्मी घटनास्थल पुगेर चितुवाको खोजी गर्न थालिएको हो।
सो सम्बन्धमा चेउलीबारीका बीट अधिकृत महेशकुमार वाल्मीकीले उक्त क्षेत्रमा चितुवा देखेको जानकारी दिए। घटनास्थलमा पुगेर चितुवा खोज्न थाल्यौं। तर, अहिलेसम्म चितुवाको उपस्थितिको कुनै प्रमाण फेला परेको छैन।