राज्यस्तरीय तमु लोछार पर्व भव्यरूपमा पालन

IMG-20250103-WA0217

एसकेएम सरकारमा सबै जात-जातिले न्याय पाएको छः मुख्यमन्त्री तामाङ

डिस्को र पब ११ बजेबाट नचल्ने मुख्यमन्त्रीको घोषणा

गान्तोक: पाकिम जिल्लाको नाथाङ माछचोङ निर्वाचन क्षेत्र अन्तर्गत पारखामा राज्यस्तरीय तमु लोछार पर्व भव्यरूपमा पालन गरियो।यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राज कुमारी थापा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।राज्य स्तरीय गुरूङ तमु ल्होछार समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले वास्तवमा यो पर्व ३० दिसम्बरको दिन पर्ने गर्दछ, तर सामुहिकरूपमा यो पर्व मनाउने निर्णय लिएकोले आज पालन गरिएको जानकारी गराए। घरबाट नै आफ्नो संस्कार शुरू गरिनुपर्ने आग्रह गर्दै अबोप्रान्त प्रत्येक समुदायको पर्वको एक दिन अघि अर्थात पछि मनाउनु पर्ने सुझाउ दिए। यो कार्यक्रममा मन राख्नको लागि मात्र नभएर आफु मनबाट नै आएको मुख्यमन्त्रीले बताए। राज्यका कुनै पनि समुदायलाई अन्याय नहोस् भन्ने उद्देश्य़ले वर्तमान सरकारले काम गरिरहेको र कहिले पनि पछि नपरेको मन्त्व्य व्यक्त गर्दै राज्यका मात्र नभएर विशवका गुरूङ समुदाय एक हुनु पर्छ र एक भएको खण्डमा कसैले रोक्न नसक्ने जानकारी गराए। गुरूङ समुदायको परम्परा, रितिरिवाज लगायत अन्यको संरक्षण गर्न राज्य सरकारको तर्फबाट हर सम्भव सहयोग प्रदान गर्ने प्रतिवद्वता जाहेर गर्दै पारखाको छुप्छा छोइलिङ गुरूङ गुम्बा निर्माणको निम्ति राज्य सरकारले ७५ लाख रुपियाँ सहयोग गर्ने गुम्बा समितिका सदस्यहरूलाई बचन दिएको आफ्नो सम्बोधनमा अवगत गराए। कुनै पनि समुदाय़ले आफ्नो भाषा अनिवार्य रूपमा पढनु पर्ने उनले आग्रह गर्दै मुख्यमन्त्रीले आफ्नो भाषामा पढ्नैपर्ने कानून बनाउने घोषणा गरे। नाथाङ माछोङ निर्वाचन क्षेत्रमा दीर्घम्यादी विकासको निम्ति चियाको विरूवा रोप्ने कार्य शुरू गरिएको अवगत गराए। यसै क्रममा क्षेत्र विधायक पामिन लेप्चाद्वारा राखिएको सबै माग पुरा गर्ने आश्वासन दिए। उनले कार्थोकमा जिल्लास्तरीय आर्चेरी इन्सटीट्युटको निर्माण गर्ने मुख्यमन्त्री तामाङले आज घोषणा गरे। ग्रामीण क्षेत्रका मानिसहरूको आर्थिक स्थितिलाई मजबुत बनाउनको निम्ति भेडा गोठ निर्माण गर्नको निम्ति क्राइटेरिया बनाएर यसलाई कानुनीरूपमा यसलाई कार्यान्वयन् गरिने थप जानकारी गराए। अब कुनै पनि ठेकाको काम गरि खानेलाई दिने तर बिक्री गर्नेलाई नदिने राज्य सरकारले नियम बनाउने घोषणा गरे।

राज्यमा सञ्चालित सबै डिस्को, पप ११ बजीदेखि उता बन्द गरिने जानकारी गराए। यदि ११ बजीदेखि उता डिस्को र पप चलाएको खण्डमा लाइसेन्स खारिज गरिने चेतावनी दिए। सोही प्रकारले कुनै पनि क्षेत्रका पुलिसले ११ बजीदेखि उता पप डिस्को चलाएको फेला परेमा उक्त क्षेत्रका पुलिस प्रभारीलाई सस्पेन्जड सहित निलम्वन गरिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement