सिलगढी: सिलगढीको तिरंगा मोडमा भाडाको घरबाट पुलिसले एक महिलाको झुण्डिएको अबस्थामा शव फेला पारेका छन्। मृतक महिलाको नाम फुलबती रहेको बताइएको छ। उनी दिल्लीकी निवासी हुन्। ती महिला डेढ वर्षदेखि सिलगढीमा एक युवकसँग बसी कार्यक्रम कलाकारको रूपमा काम गर्थिन्। मृतक महिला र उनको परिवारबीच ३१ डिसेम्बर राति अन्तिम कुराकानी भएको थबताइएको छ।
महिलाकी दिदीका अनुसार फुलबती सिलगढीमा शुभंकर नामका युवकसँग इभेन्ट वर्क गर्थिन्। ३१ डिसेम्बर राति शुभंकरले आफुलाई निर्मम कुटपिट गरेको उनकी बहिनीले बताइन्। उनले शुभंकरको यातना सहन नसकेको बताइन्। मृतकले यति भन्दै उसले मोबाइलको स्वीच अफ गरेकी थिइन्। त्यसयता फुलबतीको मोबाइल स्वीच अफ थियो। महिलाकी जेठी बहिनीले भनिन त्यसपछि उनले जनवरी १ मा फोनमा सिलगढी महानगरीय पुलिसलाई जानकारी गराइन्।
लगत्तै भक्तिनगर पुलिस चौकीले तिरंगा मोडस्थित भाडाको घरबाट फुलवतीको झुण्डिएको शव फेला पारेरआज पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाइएको थियो।
मृतककी दिदीले शुभंकर नामका युवकको यातनाबाट दिक्क भएर दिदीले यस्तो कदम उठाएको आरोप लगाएकी छन्। दिदीले प्रहरीसँग न्यायको माग गरेकी छन्।