११औं मिलन मोड़ गोल्ड कपः कनकाई फूटबल क्लब (नेपाल) सेमिफाइनलमा पुग्न सफल

photocollage_20251318445784

सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा कनकाई फूटबल क्लब (नेपाल)-ले चरम रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल मैदानमा शुक्रवार भएको म्याचमा कनकाई फूटबल क्लब (नेपाल)-ले दार्जीलिङ पुलिसविरुद्ध पेनल्टी शूटआउटमा ४-२-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका कप्तान देवेन्द्र तामाङले प्लेयर अव् द म्याच को पुरस्कार जिते। यस प्रतिष्ठित टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। शनिवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा आमुक्त परिवार र मिलन समिति, कलकत्ताबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement