काठमाण्डू: लोकसेवाले पाँचपटक भन्दा बढी आफ्नो परीक्षामा सहभागी हुन नपाउने गरी व्यवस्था गर्न आग्रह गरेको छ।
धेरैपटक लोकसेवाको परिक्षामा सहभागी हन दिँदा व्यक्तिलाई मात्रै नभइ राज्यलाई समेत घाटा भइरहेको दाबी गर्दै अब लोकसेवाको परीक्षामा बढीमा पाँचपटक मात्रै सहभागी हुन पाउने गरी कानुन बनाउन आयोगको राय छ।
लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी भने, ‘फेल हुने मान्छे ५० पटक परीक्षा दिए पनि फेल नै हुन्छ। पाँच पटक दिँदा पनि फेल भयो भने उसलाई परीक्षामा सहभागी गराइ रहन आवश्यक हुन्न। गाउँमा बारी बाँझो छ। त्यहाँ जान उत्प्रेरित गर्नुपर्छ।’