भद्रपुरका निश्चलको भक्तपुरमा भएको सवारी दुर्घटनामा निधन

IMG-20250103-WA0183

भद्रपुर: झापाको भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठको २९ वर्षीय छोरा निश्चल राजभण्डारीको बिहीबार साँझ निधन भएको छ।
भद्रपुर-८ निवासी निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी तीनदिन अघि भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। घाइतेमध्ये निश्चलको नर्भिक हस्पिटलमा सघन उपचारकक्षमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। कानुन व्यवसायी समेत रहेका चन्द्रमायाको निश्चल एक्लो सन्तान थिए।
पूजाको उपचार भइरहेको छ। निश्चल र पूजा अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै भद्रपुर घर आएका थिए। दुवै जना बिहीबार रातिको अस्ट्रेलिया उड्ने योजनामा थिए।अस्ट्रेलिया जानु अघि उनीहरू बजारबाट सामान किनेर भक्तपुरको निजी निवासमा फर्कने क्रममा कुकुरले सडकमा अवरोध पुर्‍याएपछि स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो। निश्चलका बुबा दुर्गा राजभण्डारी मेची अस्पताल भद्रपुरका पूर्व कर्मचारी हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement