सिलगढीमा शुरु भयो  दोस्रो अन्तर जिल्ला महिला फुटबल च्याम्पियनसिप

IMG-20250103-WA0166

सिलगढी: महिला खेलकुद संघ पश्चिम बंगालले सिलगढीमा दोस्रो अन्तर-जिल्ला महिला फुटबल च्याम्पियनशिप आयोजना गरेको छ। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा शुक्रबारदेखि तीनदिने फुटबल च्याम्पियनसिपको शुभारम्भ भएको छ।  च्याम्पियनशिपको उद्घाटनमा राज्यसभा सांसद डोला सेन, दार्जिलिङ जिल्ला मजिस्ट्रेट प्रीति गोयल, एसडीओ अवध सिंघल, सिलगढी नगर निगमका उपमेयर रञ्जन सरकार, एमएमआईसी दिलीप बर्मन र अन्य प्रमुख व्यक्तित्वहरू उपस्थित थिए। आज राज्यसभा सांसद डोला सेनले सबै महिला खेलाडीहरूसँग हात मिलाएर र फुटबललाई किक गरेर खेलको शुरुवात गरिन्। पछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रदेशका मुख्यमन्त्री ममता ब्यानर्जीको प्रयासले बंगालभर बालिकाका लागि खेल मैदान बनाउने प्रयास भइरहेको बताइन्। ‘यो च्याम्पियनशिप त्यो प्रयासको एक हिस्सा मात्र हो’, उनले भनिन्। यता, राज्यसभाकी सांसद डोला सेनले पत्रकारको प्रश्नको जवाफमा राज्यको मुख्यमन्त्री पनि गृहमन्त्री भएकाले सबै मामिला हेर्ने र नियाल्ने गरेको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement