अर्जुन अवार्ड विजेता टेबल टेनिस खेलाडी मान्तु घोषले आधुनिक टेबल टेनिस प्रशिक्षण केन्द्र शरु गर्दै

IMG-20250103-WA0163

सिलगढी: अर्जुन अवार्ड विजेता पूर्व टेबल टेनिस खेलाडी मान्तु घोषले फेरि सिलगढीलाई टेबल टेनिसको खेलमा दिशा देखाउन लागेकी छन्। सिलगढीमा अत्याधुनिक उपकरण र पूर्वाधारसहितको नयाँ प्रशिक्षण केन्द्र शुरु हुन लागेको छ। मान्तु घोषले शुक्रबार सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन मार्फत यस्तो बताए। यो तालिम केन्द्रको उद्घाटन ११ जनवरीमा बाबुपाडामा हुनेछ। यसका साथै यस दिन सिलगढीमा टेबल टेनिसका प्रसिद्ध व्यक्तित्वहरूलाई पनि सम्मान गरिनेछ। आज पत्रकार सम्मेलनमा मान्तु घोषले सिलगढीमा टेबल टेनिसलाई बलियो बनाउन यो नयाँ संरचना बनाइएको बताइन्। टेबल टेनिस खेल्ने पूर्वाधार सुधार गर्न प्रशासनलाई पटकपटक आग्रह गर्दा पनि कुनै काम भएको छैन। त्यसैले मान्तु घोषसहित अन्य ५ टेबलटेनिस प्रशिक्षकको प्रयासमा यो अत्याधुनिक तालिम केन्द्र शुरु गर्न लागिएको हो। मान्तु घोष र अन्य प्रशिक्षकहरूले बताएअनुसार, यो उत्तर बंगालको पहिलो आधुनिक टेबल टेनिस प्रशिक्षण केन्द्र हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement