सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको न्यू जलपाईगढी थाना क्षेत्रको फुलबारी क्षेत्रबाट एक युवक बेपत्ता भएपछि सनसनी मच्चिएको छ। बेपत्ता युवकको नाम आकाश दास बताइएको छl उनी फुलबारी–२ ग्राम पञ्चायत सिपाहीपारा–जोरपाकुरीका बासिन्दा हुन्। ३१ दिसम्बर मंगललबार साँझ करिब ७:३० बजे आकाश र उनका दुई साथी घरबाट निस्केको बताइएको छ। त्यसयता उनको खोजी हुनसकेको छैन। १ जनवरीको बिहान करिब ३ बजे आकाशका दुईजना साथी घर फर्किए, र आकाश नभेटिएको घर परिवारलाई बताए। यसपछि आकाशको परिवारले बुधबार बिहान करिब ११ बजे न्यू जलपाईगढी पुलिस चौकीमा हराएको उजुरी दर्ता गरा। त्यसपछि एनजेपी पुलिस चौकीले अनुसन्धान थाल्यो। सबैभन्दा पहिले आकाशका चार साथीलाई नियन्त्रणमा लिएर सोधपुछ गरियो। दुवैको भनाइमा विरोधाभास रहेको पुलिस स्रोतले जनाएको छ। सोही आधारमा बिहानैदेखि गोताखोरले फुलबारी नहर सडकमा रहेको जोरपानी नदीमा खोजी गरे। तर, दिउँसो भए पनि आकाश भेटिएनन्। आकाश कहाँ गयो भन्ने उनको परिवार र पुलिसले बुझेका छैनन्। यता आकाशका परिवार र स्थानीयले पुलिस चौकीमा प्रदर्शन गर्दै तीन दिन बितिसक्दा पनि पुलिसले आकाशलाई फेला पार्न नसकेको गुनासो गरेका छन्। यद्यपी एनजेपी पुलिस चौकी आईसी सोनाम लामाले छिट्टै आकाश पत्ता लगाउने परिवारलाई आश्वासन दिएका छन्।










