कोचबिहार: शुक्रबार बिहान करिब ११:३० बजे, भाजपा नेतृ लकेट च्याटर्जी कोचबिहारको सबैभन्दा पुरानो र प्रसिद्ध मदनमोहन मन्दिरमा पूजा गरिरहेको देखियो। दिनहटा अदालतमा चलिरहेको पुरानो मुद्दामा सुनुवाइका लागि दिनहटा अदालत जानुअघि उनले मन्दिरमा पूजाअर्चना गरिन्। लकेट च्याटर्जी पुरानो मुद्दामा सुनुवाईका लागि अदालतमा उपस्थित हुन कोचबिहार पुगेकी छन्। यसै क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानको पालना सबैले गर्नु जरुरी रहेको बताइन्। ‘अदालतमा सुनुवाइ छ, त्यही भएर आएको हो’, उनले भनिन्, ‘तृणमूल कांग्रेस आफैले लुट्छ, भाजपा नेता र कार्यकर्ताहरूलाई आक्रमण गर्छ र उल्टो भाजपा नेताहरू विरुद्ध मुद्दा दायर गर्दछ। उनीहरूसँग भाजपा नेताहरूलाई सताउने बाहेक अरू कुनै काम छैन, जबकि राज्यको कानून व्यवस्था पूर्ण रूपमा ध्वस्त भएको छ। हिजो मालदामा तृणमूल नेताको जसरी हत्या भयो, त्यसबाट मुख्यमन्त्री ममता ब्यानर्जीले बङ्गालमा कानून र व्यवस्था नामको केही छैन भन्ने कुरा राम्ररी बुझेकी छिन्। राज्यमा कोही पनि सुरक्षित छैनन्।‘