जयगाउँ फूटपाथ व्यावसायीहरुद्वारा उच्छेद नगर्न गुहार

0-0-2b9d33fb-83a1-4102-887a-adb9fae59582

कालचिनी: जेडीए प्रशासनद्वारा जयगाउँ एनएस रोड किनारी पसल लगाएर बस्ने व्यवसायीहरुलाई ठाउँ छोड़ने निर्देश दिए मुताबिक बुधबार माइकिङ पनि गरेको थियो भने आज फुटपाथ व्यावसायीहरु एकत्र भएर जयगाउँ थाना परिसरमा जमा भएर उच्छेद नगर्न पुलिस प्रशासन समक्ष गुहार लगाएको थियो। फुटपाथ व्यावसायीहरु कृष्णकुमार साह, दिपक साह, लक्ष्मण पासवान, प्रमोद विस्वकर्मा, विनोद चौधरी र फाजिमा बेवाले लगभग तीन सय भन्दा अधिक फुटपाथ व्यावसायीहरुले एनएस रोड किनारी पसल चलाएर परिवारको भरनपोषण गर्दै आइरहेको र अब आउँदो २३ सेप्टेम्बरदेखि भोटाङ गेट खोल्ने कुरा चलिरहेकोबीच यसरी अचानक ठाउँ छोड़ने निर्देश दिएकोले यत्रो फूटपाथ व्यावसायीहरु मर्कामा परेको बताएका छन्। प्रशासन समक्ष फूटपाथ उच्छेद नगर्न गुहार लगाएको र फूटपाथ व्यवसायीहरुको हितलाई ध्यान राख्ने निवेदन गरिएको जनाएका छन्। यता जेडीए स्रोतले प्रशासनको निर्देशअनुसार काम भइरहेको र यसबारे भन्न केही नरहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement