मालदा: तृणमूल कांग्रेसका पार्षद दुलाल सरकारको मालदाको झलजललिया मोड क्षेत्रमा हिजो केही अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा उनलाई श्रद्धाञ्जली दिन तृणमूलका धेरै वरिष्ठ नेताहरु आइपुगेका छन्। पूर्व विधायक तथा सिलगढीका मेयर गौतम देव पनि श्रद्धाञ्जली दिन पुगेका छन्।

यस क्रममा पत्रकारहरुसँग कुरा गर्दै मेयर गौतम देवले भएँ, ‘दुलाल सरकारसँग मेरो निकै घनिष्ट सम्बन्ध थियोl राजनीति बाहेक म जहिले पनि मालदा आउँदा उहाँकै घरमा बस्ने गर्थे। निकै राम्रो मित्रता थियो।‘ उनले यो हत्याकाण्डको पछाडि ठूलो षड्यन्त्र रहेको बताए। उनले सबै घटनाको पुलिसले अनुसन्धान गरिरहेको र दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग रहेको बताए ।