गुवाहाटीमा पानीको पाइप विस्फोट हुदा सातवटा घर र पाँचवटा पसल क्षतिग्रस्त

ANI-20250102163133

गुवाहाटी(असम): गुवाहाटीको खारघुली क्षेत्रमा पाइप लाइनमा भएको विस्फोटको कारणले सातवटा घर र पाँचवटा पसलहरूलाई व्यापक क्षति पुगेको छ। घटनामा १४ वटा ई-रिक्शा, दुईवटा बाइक र दुईवटा अटो पनि क्षतिग्रस्त भए।
यस अतिरिक्त घरको इलेक्ट्रनिक उपकरणहरूलाई पनि व्यापक नोक्सान पुगेको छ।
पाइप विस्फोट भएको स्थानदेखि लगभग ३सय मीटरको गोलाईमा अवस्थित घर रहेको छ l पसलहरू पूर्ण रूपले प्रभावित भएका छन्। बिजुली आपूर्ति पनि पूर्ण रूपले बन्धित भएको छ।
क्षेत्रीय यातायातमा उत्पन्न भएको छ, किनभने खारघुलीदेखि नूनमाटीलाई जोड़्ने सड़क जलमग्न भएको छ। निर्माणाधिन सड़कको बीचमा ८-१o मीटर गहिरो खाल्डो परेको छ। यसको साथै पहाड़ी क्षेत्रमा पनि धेरै क्षति भएको छ। घटनास्थलमा प्रशासन राहत अनि बचाउ कार्यमा जुटेको छ।
उल्लेखनीय छ, बिहीवार बिहान लगभग ९:५० बजे जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जेआईसीए)- को मुख्य जल आपूर्ति पाइपलाइन विस्फोट भएर सड़कमा घुँड़ा-घुँड़ासम्म पानी भयो। एकजना प्रत्यक्षदर्शी अनुसार पानीको धारामा छ तले भवनको उच्चतासम्म पुग्यो।
गुवाहाटी जल बोर्डले ट्वीट गरी जानकारी दियो, यो एक अप्रत्याशित घटना हो जसमा मुख्य आपूर्ति पाइपलाइन फुट्यो। यस घटनाबाट हजारौं लीटर पानी खेर गयो।
स्थानीय निवासीहरूले यसपालि प्रशासनसंग स्थायी समाधान गरिदिने माग गरेका छन्, किनभने यसप्रकारको घटना पहिला पनि भइसकेको छ जसबाट मानिसहरूलाई गम्भीर नोक्सान झेल्नु परेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement