कुसल परेराको विध्वंशी शतकले श्रीलंका ७ रनले विजयी

IMG-20250102-WA0216

नेल्सन: श्रीलंकाका कुसल परेराले न्यूजील्याण्डविरुद्ध तेस्रो तथा अन्तिम टी२० इण्टरनेशनल म्याचमा विध्वंशी शतकको साथ आफ्नो टीमलाई ७ रनले विजयी बनाए। अन्तिम म्याचमा पराजित भए पनि न्यूजील्याण्डले तीनवटा म्याचको टी२० सीरीज २-१-ले जित्यो। परेराको करियरको सर्वश्रेष्ठ १०१ रनको सहायताले श्रीलंकाले पहिला ब्याटिंग गर्दै ५ विकेटमा २१८ रन बनायो। म्याच जित्न २१९ रनको लक्ष्यलाई अघि राखेर खेल्दै न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो। बिहीवार बनाएको शतकको साथ कुसल परेरा साल २०२५-मा इण्टरनेशनल शतक बनाउने पहिलो क्रिकेटर बने। परेराले आज केवल ४६ बल खेलेर १३ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक कप्तान चरिथ असलंकाले २४ बलमा ४६ रन बनाए। न्यूजील्याण्डलाई टिम रबिन्सन (३७ रन) र रचिन रविन्द्र (६९ रन) ले तेज शुरुवात दिलाए पनि मध्यक्रमको निराशाजनक प्रदर्शनले टीम हारको सम्मुखीन भयो। रचिनले ३९ बल खेलेर ५ वटा चौका र ४ वटा छक्का लगाए। यी दुईजनाले पहिलो विकेटको निम्ति ४४ बलमा ८१ रनको पार्टनरशीप गरे पनि अन्य ब्याटरहरूका निराशाजनक प्रदर्शनले कीवि टीमलाई डुबायो। डेरिल मिचेलले ४ वटा छक्कार एउटा चौकाको साथ १७ बलमा ३५ रनको योगदान दिए। श्रीलंकाई बलरहरूमा असलंकाले ३ र वानिन्दु हसरंगाले २ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement