गुवाहाटी: केन्द्रिय रेल मन्त्री अश्विनी वैष्णवले आज शुक्रवार देखी गुवाहाटी रेलवे स्टेशनबाट तीन नयाॅं ट्रेनको उद्घाटन गरेका छन्। यसका अतिरिक्त उनले तेतलिया रोड ओवर ब्रिज (आरओबी) को पनि उदघाटन गरे।
कार्यक्रममा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा र अन्य अतिथिहरू उपस्थित रहेका थिए। उद्घाटन गरिएको ट्रेनहरूमा गुवाहाटी-न्यू लखीमपुर जनशताब्दी एक्सप्रेस, न्यू बंगाईगांव-गुवाहाटी प्यासेन्जर र तिनसुकिया-नाहरलागुन एक्सप्रेस रहेका छन्।
कार्यक्रम बिहान १०:३० बजे गुवाहाटी रेलवे स्टेशनमा आयोजना भएको थियो।










