१ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा एमएमएफसी निरपानियाले सजिलै क्वार्टर फाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा बिहीवार खेलिएको पूल बी-को म्याचमा एमएमएफसी निरपानियाले मिक्स्ड अप् बोइज, खरसाङलाई ३-०-ले पराजित गऱ्यो। एमएमएफसी निरपानियाबाट जाजाले २९औं, सोंगले ५०औं र पाटोले स्टपेज टाइमको दोस्रो मिनटमा गोल गरे। म्याच ३५-३५ मिनटको दुई हाफमा खेलिएको थियो। विजेता टीमका सोंगलाई प्लेयर अव् द म्याच चयन गरियो। सोंगलाई आजका मुख्य अतिथि समाजसेवी बिन्नी शर्माको बाहुलीबाट ट्रफी प्रदान गरियो। अब शुक्रवार खेलिने तेस्रो प्री-क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिस र परिमलनगर स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।










