मुख्य सचिव आर तेलाङको राज्यपालसॅंग भेट

n6459562671735836949724aaeb833e2611ea90e3009908964bcc2b29a943525c3335a6f91e969702b737c2

गान्तोक: सिक्किम सरकारका नवनियुक्त मुख्य सचिव आर. तेलाङले आज राज्यपाल ओमप्रकाश माथुरसॅंग भेट गरेका छन्। सो अवसरमा मुख्य सचिवले राज्यपाललाई उनको जन्मदिनको उपलक्ष्यमा आफ्नो हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
राज भवनले विज्ञप्ति जारी गरी भनेको छ, राज्यपाल मुख्य सचिव तेलाङलाई मुख्य सचिवको उच्च पदमा नियुक्तिको निम्ति बधाई दिॅंदै उनको आगामी कार्यकालको निम्ति शुभकामना दिए। तेलाङले आफ्नो नयाॅं दायित्वहरूको निर्वहन पूर्ण निष्ठा र समर्पणको साथमा गर्ने छन् भनी राज्यपालले विश्वास व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement