गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका राज्यपाल ओमप्रकाश माथुरलाई जन्मदिनको हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक संजाल फेसबुक पोस्टमा भनेका छन्, तपाईको अटल समर्पण र अनुकरणीय नेतृत्व हामी सबैका लागि ठूलो प्रेरणाको स्रोत बनेको छ।
हामीलाई समान अनुग्रह, करुणा र प्रतिबद्धताका साथ मार्गदर्शन गर्ने तपाईलाई शक्ति र दृष्टिको आशीर्वाद प्राप्त होस्।मुख्यमन्त्री तामाङले राज्यपालको सफलता, खुशी, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।