गान्तोक: आगामी १० देखि १२ जनवरीसम्म दिन उत्तर सिक्किमको जङ्गु क्षेत्रअन्तर्गत नामप्रिकदाङमा आयोजना हुने लेप्चा जातिको प्रमुख पर्व नामसुङ उत्सवको आज मुख्यमन्त्री प्रेमसिंह तामाङले थीम पोस्टरको लोकार्पण गरे। उत्सवका प्रमुख संरक्षक तथा क्षेत्र विधायक एवं मन्त्री पिञ्चो नामग्यल लेप्चाको साथमा उत्सव आयोजक समितिका सदस्यहरूले आज मुख्यमन्त्रीलाई उनको सरकारी आवासमा भेट गरेका थिए। यसै अवसरमा मुख्यन्त्रीले नामप्रिकदाङ नामसुङ उत्सवको थीम पोस्टर “जरा अनि क्षितिज” को विधिवत लोकार्पण गरेका हुन्। यसको साथै मुख्यमन्त्रीले नामप्रिकदाङ नामसुङ उत्सव २०२५ को अन्तिम दिन अर्थात १२ जनवरीको दिन मुख्य अतिथिको रुपमा निमन्त्रणालाई स्वीकार गरेको उत्सव आयोजक समितिले जानकारी गराएका छ।
नामप्रिकदाङ नामसुङ उत्सव २०२५, १० देखि १२ जनवरीसम्म चल्नेछ।