गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले राज्यबासीलाई खुशी, समृद्ध र शान्तिपूर्ण नयाँ वर्षको शुभकामना व्यक्त गरेको छ। पार्टीले एक प्रेस बयान जारी गर्दै यो वर्ष सबैको जीवनमा अवसर, आनन्द र सुखद जीवनको लागि कामना गरेको छ। प्रेस बयानमा भनेअनुसार वर्ष २०२४ सिक्किमेली जनताको लागि ऐतिहासिक विजयको रूपमा चिनिन्छ किनकि ११औं विधानसभा चुनावमा एसकेएम पार्टीले ३१ सिट र १८औं लोकसभा चुनाउमा विजय हासिल गरेर जनताको मन जित्न सफल भएको थियो। पार्टी प्रवक्ता संजय दिलपालीले एक प्रेस बयानमार्फत २०२४ सिक्किमले सुनौलो, समृद्ध र समर्थ सिक्किमको लागि मतदान गरेको उल्लेख गर्दै सिक्किमका जनताको सेवा गर्न अझ बढी जोश र उत्साहका साथ एसकेएमले दोस्रो कार्यकालको लागि सरकार गठन गरेको दाबी गरेको छ। यो वर्ष राज्यको समृद्ध सांस्कृतिक विविधता र सिक्किमका सबै समुदायहरू बीचको एकता प्रदर्शन गर्ने धेरै कार्यक्रमहरूले सिक्किमेली जनतालाई एकताबद्ध बनाएर राज्यमा भाइचाराको भावना जगाउने काम गरेको ठहर गरेको छ। एसकेएंमले २०२५ मा मुख्यमन्त्री प्रेमसिँह तामाङको नेतृत्वमा सिक्किमेली जनताको आकांक्षा पूरा गर्न प्रतिबद्ध राख्दै सिक्किम उज्ज्वल भविष्यमा अग्रसर बनेको ठहर गरेको छ। सिक्किमका जनताका लागि नयाँ अवसर लिएर आउने र सिक्किमले राज्य स्थापनाको स्वर्ण जयन्ती मनाउने साथै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गस्वागत गर्न तयार रहेको उल्लेख गरेको छ। एसकेएमले दाबी गरेअऩुसार २०२५ सिक्किमका जनताको वर्ष हुनेछ। एसकेएम सरकार सुनौलो, समृद्ध र समर्थ सिक्किमको लक्ष्य प्राप्त गर्ने लक्ष्यमा अडिग छ।