सिलगढी: भक्ति नगर थानाअन्तर्गत आशिघर चौकीको पुलिसले चोरी र हराएको मोबाइल फोन बरामद गरी वास्तविक मालिकलाई हस्तान्तरण गरेको छ। बिहीबार आसिघर चौकीका ओसी पप्पु सिंहले चोरी र हराएको ११ वटा मोबाइल बरामद गरी वास्तविक धनीलाई बुझाए। केही महिना यता शहरका भित्री क्षेत्र, आसिघर चौकीमा मोबाइल चोरी र लुटपाटका उजुरी परेको बताइएको छ। घटनाको अनुसन्धान गरी चोरीका र हराएका ११ वटा मोबाइल बरामद गरिएको थियो। बिहीबार आसिगर चौकीको पुलिसले वास्तविक मालिकलाई बुझाएको छ। यसैबीच हराएको मोबाइल फिर्ता पाएपछि सबै खुशी भएका छन्। उनीहरूले पुलिसलाई धन्यवाद दिए।


