करम उत्सवको अवसरमा मेला

0-0-bdf68503-a73e-4ff6-9c84-ee52c052c1b3

कालचिनी: चुवापाड़ा स्थित मैदानमा महली समाज सेवा संघको आयोजनामा आजदेखि गाउँलेहरुको मनोरञ्जनको निम्ति मेला लगाएको जानकारी सो संघको पक्षबाट आलम महलीले जनाएका छन्। बुघबार साँझ करम पूजाको जवा जमराको बिरुवा रोपणको अवसरमा मेला मैदानमा समाजसेवी पासाङ लामाको उपस्थितिमा मेलाको उद्घाटन गरिएको थियो भने आजदेखि मेला शुरु भएको आयोजक कमिटीको पक्षबाट आलम (धरम) महलीले जनाएका छन्।

समाजसेवी पासाङ लामाले उक्त मैदानको एक कुनामा रहेको आदिवासी स्वाधीनता संग्रामी शंकर महलीको एउटा पूर्णाङ्ग सालिक आफ्नो पक्षबाट अनुदान दिईने पनि घोषणा गरेको छ भने महली समाज सेवा संघको सदस्यहरुले यसको निम्ति समाजसेवी पासाङ लामालाई धन्यवाद ज्ञापन गरेका छन्। सार्वजनिक करम महोत्सवको उपलक्ष्यमा आजदेखि लागेको मेला आगामी ७ सेप्टेम्बर करम विसर्जनको दिनसम्म चल्ने आयोजक कमिटीको सदस्यहरुले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement