सिलगढीमा साधुको कारमाथि हमला

IMG-20250102-WA0189

सिलगढी: एक साधुमाथि हमलाको घटनाले सनसनी मच्चाएको छ। वृन्दावनको विश्व विद्या धाम ट्रस्टका हिरण्मय ब्यानर्जीमाथि बुधबार राति सिलगढी नजिकैको फाराबारी नेपाली बस्तीमा हमला भएको समाचार छ। भागवत पढिसकेपछि उनी साहुडांगी क्षेत्रमा रहेको एक भक्तको घर जाँदै थिए। त्यहाँबाट आउँदै गर्दा उनको कारमाथि आक्रमण भएको समाचार छ। मोटरसाइकलमा आएर दुईजनाले आक्रमण गरेको बताइएको छ। साधु त्यहाँबाट भागेर बाँचे  उनले बिहीबार आसिगर पुलिस चौकीमा उजुरी दिए। फर्कने क्रममा कारलाई पछ्याइएको उनले बताए। उनीहरूले कारको छेउमा आएर धारिलो हतियारले प्रहार गर्दा ऐना फुट्यो। यसअघि पनि कोचबिहारमा केही व्यक्तिहरूले आफूमाथि घातक हमला गरेको बताए। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement