मुख्यमन्त्री ममता ब्यानर्जीले बंगालमा बीएसएफ बारे भनिन्…

CM-Mamta-Banerjee-4-copy

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले बिहीबार २ जनवरीमा बीएसएफमाथि धेरै प्रश्न उठाएकी छन्। उनले बीएसएफले बङ्गलादेशी घुसपैठलाई बंगालमा प्रवेश गर्न दिएको आरोप लगाएकी छन्। उनले आरोप लगाएपछि यो विषयमा विवाद शुरु भएको छ। यस अघि मुख्यमन्त्री ममता ब्यानर्जी र टीएमसीका महासचिव अभिषेक ब्यानर्जीले पनि बङ्गलादेशलाई लिएर केन्द्रीय बलमाथि धेरै आरोप लगाएका थिए। मुख्यमन्त्री ममता ब्यानर्जीले यसलाई केन्द्रको नराम्रो योजना भनेकी छिन् र बङ्गलादेशको सीमा सुरक्षा गर्ने बीएसएफले बंगालमा घुसपैठ गर्न अनुमति दिएको आरोप लगाएकी छिन्। इस्लामपुर, सिताई, चोपडा हुँदै मानिस भित्रिने गरेको र जानकारी आफूलाई रहेको उनले बताइन्। केन्द्र सरकारले विरोध नगरेको उनको आरोप छ। उनीसँगै अभिषेक बनर्जीले भने, ‘बङ्गलादेशमा कसरी अत्याचार भइरहेको छ, र कसरी अराजकता फैलिरहेको छ सबैलाई थाहा छ।‘ उनले यस विषयमा केन्द्र सरकारको मौनताले अड्कलबाजी बढाएको बताए। अभिषेक बनर्जीले यस विषयमा केन्द्र सरकारसँग जवाफ मागेका छन्। यससँगै अभिषेकले भनेका छन्, ‘हामी चाहन्छौं कि केन्द्र सरकारले जवाफ देओस् वा बङ्गलादेशले बुझेको भाषामा जवाफ दिनुपर्छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement