गान्तोक: राज्यका नव नियुक्त मुख्य सचिव रबिन्द्र तेलाङले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। हालै मुख्य सचिवको पदमा नियुक्ति भएका तेलाङले मुख्यमन्त्रीलाई भेटर आभार प्रकट गरेका छन्। यस अवसरमा मुख्यमन्त्री तामाङले उनलाई यति ठूलो जिम्मेवारी पद साथै महत्वपूर्ण भूमिकाको निम्ति बधाई एवं शुभकामना व्यक्त गर्दै राम्रो काम गर्नको निम्ति प्रोत्साहित गरे। मुख्य सचिव तेलाङको कुशल नेतृत्व र प्रतिबद्धताले सिक्किमको विकासलाई अघि बढाउन, राज्यको उज्ज्वल भविष्यको जग बसाल्न महत्वपूर्ण भूमिका खेल्न सक्ने मुख्यमन्त्री तामाङले अपेक्षा गरेका छन्।