नयाँ दिल्ली: पेरिस ओलम्पिकमा २ वटा पदक जित्ने भारतकी महिला शूटर मनु भाकर र वर्ल्ड चेस च्याम्पियनशीपमा खिताब जित्ने भारतीय ग्राण्ड मास्टर डी गुकेशसहित चारजना खेलाड़ीहरूलाई मेजर ध्यानचन्द खेल रत्न पुरस्कार प्रदान गरिनेछ। खेल मन्त्रालयद्वारा बिहीवार राष्ट्रिय खेल पुरस्कार २०२४-को घोषणा गरियो। राष्ट्रपति द्रौपदी मुर्मूले १७ जनवरीमा राष्ट्रपति भवनमा विजेताहरूलाई सम्मानित गर्नेछिन्। मनु र गुकेशको साथमा भारतीय पुरुष हकी टीमका कप्तान हरमनप्रीत सिंह र प्यारालम्पियन प्रवीण कुमारलाई पनि खेल रत्न पुरस्कार दिइनेछ। खेल मन्त्रालयले बयानमा भनेको छ, समितिको सिफारिशहरू र सरकारको जाँचको आधारमा खेलाड़ीहरू, प्रशिक्षक, विश्वविद्यालयहरूलाई पुरस्कार दिने फसेला गरियो। २२ वर्षीय मनु एउटै ओलम्पिकमा २ वटा पदक जित्ने स्वतन्त्र भारतकी पहिलो महिला खेलाड़ी बनेकी थिइन्, जसले अगस्तमा पेरिस ओलम्पिकमा १० मीटर एयर पिस्टस व्यक्तिगत र मिश्रित टीम स्पर्धामा काँस्य पदक जितेकी थिइन्। पेरिस ओलम्पिकमै हरमनप्रीत सिंहको कप्तानीमा भारतले लगातार दोस्रो ओलम्पिक काँस्य पदक जितेको थियो। यसरी १८ वर्षीय गुकेश सबैभन्दा युवा वर्ल्ड चेस च्याम्पियन बनेका थिए। उनी गत वर्ष चेस ओलम्पियाडमा भारतीय टीमको ऐतिहासिक स्वर्ण पदकको पनि सूत्रधार रहेका थिए। प्यारा हाई जम्पर प्रवीणले पेरिस प्यारालम्पिकमा टी६४ वर्गमा स्वर्ण पदक जितेका थिए।
खेल रत्न बाहेक ३४ जना खेलाड़ीलाई साल २०२४-मा उत्कृष्ट प्रदर्शनको निम्ति अर्जुन पुरस्कारले सम्मानित गरिनेछ, जसमा एथलीट सुचा सिंह र प्यारा स्वीमर मुरलीकान्त राजाराम पेटकरलाई अर्जुन अवार्ड लाइफटाइम पुरस्कारले सम्मानित गरिनेछ। यसको साथमा ५ जना प्रशिक्षकलाई द्रोणाचार्य पुरस्कार प्रदान गरिनेछ। यसमा ब्याडमिण्टन प्रशिक्षक एस मुरलीधरन र फूटबल प्रशिक्षक अरमाण्डो एगनेलो कोलाकोलाई लाइफटाइम वर्गमा सामेल गरिएको छ। फिजिकल एजुकेशन फाउण्डेशन अव् इण्डियालाई राष्ट्रिय खेले प्रोत्साहन पुरस्कार प्राप्त हुनेछ। यसरी चण्डीगढ़ विश्वविद्यालयलाई समग्र विश्वविद्यालय विजेताको रूपमा मौलाना अबुल कलाम आजाद (माका) ट्रफी प्राप्त हुनेछ।









