कालचिनी: बुधबार कालचिनी खण्डको जयन्ती नदीको मुहान भोटाङ डाँड़ामा अवस्थित महाकाल धाममा दर्शन गर्न गएका अलिपुरद्वार क्षेत्रका ७ जना श्रद्धालुहरु अचानक नदी बढ़ेको कारण बाटो भत्किएपछि फस्न पुगेको थियो। अन्ततः जयन्ती बजार क्षेत्रको बासिन्दा औ अलिपुरद्वार डिजास्टर म्यानेजमेन्टको टीमको अथक प्रयासपछि बुधबार अबेर साँझ ती ७ जना श्रद्धालुहरुलाई सकुशल उद्धार गर्न सफल भएको थियो भने उद्धार भएका श्रद्धालुहरुलाई जिल्ला प्रशासनको सहयोगितामा घर फिर्ता गराएको थियो। यता उक्त फसेका ७ जना श्रद्धालुहरुलाई सकुशल उद्धार गर्न सहयोग गर्ने जयन्ती बासिन्दाहरुलाई अलिपुरद्वार महकुमा प्रशासनले सम्मान दिने बताएको छ भने आज कालचिनी आईपुगेका अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणाले सकुशल उद्धार गर्न सफल भएकोमा सबैप्रति आभार व्यक्त गर्दै अहिले कसैलाई पनि यसरी जयन्ती महाकाल धाममा नजाने अपील गरेका छन्।










