फासिदेवा: राहदानी हराएर गैरकानुनी रुपमा स्वदेश फर्किने क्रममा नेपालबाट मेडिकल विद्यार्थीलाई बीएसएफले पक्राउ गरेको छ। यो घटना भारत-बंगलादेश सीमा फासिदेवा मुरिखावाको हो।
निर्मलराज केसी नामका उक्त विद्यार्थी विगत ५ वर्षदेखि बंगलादेशको किशोरगञ्ज जिल्लाको जहरुल इस्लाम मेडिकल कलेजमा अध्ययनरत रहेको बताइएको छ। राहदानी हराएपछि अवैध रुपमा भारत हुँदै नेपाल जाने योजना बनाएको थियो तर भारत छिर्ने क्रममा निर्मलराज केसी बीएसएफले समातेका थिए। उनी नेपाल जुम्लाका बासिन्दा हुन्।
मेडिकल विद्यार्थीलाई फासीदेवा प्रहरी चौकीमा बुझाइएको छ। उनलाई बिहिबार सिलगढी अदालतमा पेश गरिएको छ। प्रहरी स्रोतका अनुसार उनीविरुद्ध अवैध रूपमा भारत प्रवेश गरेको भन्दै उजुरी परेको छ।