हात्तीको आक्रमणबाट वनकर्मीको मृत्यु

IMG-20240717-WA0001

अलिपुरद्वार: अलिपुरद्धार जिल्लाको कालचिनी चिया बगानमा आज बिहानदेखि जंगली हात्तीको बथान घुमिरहेको छ। जंगली हात्तीलाई जंगल पठाउने क्रममा हात्तीको आक्रमणबाट एक बनकर्मीको मृत्यु भएको छ।
यसबारे जानकारी पाएलगत्तै विभिन्न क्षेत्रका वनकर्मी र वन विभागका अधिकारी घटनास्थलमा पुगेका थिए। त्यसपछि हात्तीको आक्रमणमा मदन दिवान नाम गरेका वन कर्मचारीको मृत्यु भयो। कालचिनी चिया बगानमा जङ्गली हात्तीको बथान अझै घुमिरहेको छ। घटनास्थलमा वन कर्मचारी तैनाथ छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement