लेबोंग संकटा फूटबल क्लब र युनाइटेड रिषिहाट स्पोर्टिंग क्लब विजयी

IMG_20220901_211839.jpg

१ सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा बिहीवार दुईवटा म्याच खेलियो। लेबोंगको गोर्खा स्टेडियममा आज भएको पूल ए-को म्याचमा लेबोंग संकटा फूटबल क्लबले टर्नबूल हायर सेकेण्डरी स्कूललाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अल्बेन गुरुङ, सुभाष राई र अभय थापाले गोल गरे। यसरी नै टर्नबूल हायर सेकेण्डरी स्कूलबाट मनीष छेत्रीले १ गोल गरे। यसरी नै ग्रुप बी-को म्याचमा युनाइटेड रिषिहाट स्पोर्टिंग क्लबले अभिवृद्धि फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सेमुएल राईले २ अनि नेत्र बराईलीले १ गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement