जोरहाट(असम): टियक-सेलेंघाट रोडमा गए राति भएको सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ भने तीनजना घाइते भए। एएस-३३ए-३८०१ नम्बरको बोलेरो गाड़ी अनियन्त्रण भएर सड़क किनारको रूखसंग ठोक्किएर दुर्घटनाग्रस्त भएको छ।
सो दुर्घटनामा परेर अभिजीत चेतियाको घटना स्थलमा मृत्यु भएको छ भने घाइते हुनेहरुमा रक्तिम फुकन, देबब्रत चेतिया र सीमान्त बोरा छन्। सबै घाइतेहरूलाई जोरहाट मेडिकल कलेजमा भर्ती गरिएको छ।