११औं मिलन मोड़ गोल्ड कपः मिलन समिति, कलकत्ताको रोमाञ्चक जीत

photocollage_202512175726495

सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा मिलन समिति, कलकत्ताले चरम रोमाञ्चक जीत हासिल गरी क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल मैदानमा बिहीवार भएको म्याचमा मिलन समिति, कलकत्ताले दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) विरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। म्याचको दोस्रो हाफमा हेमराज भुजेल ले पेनल्टीबाट गोल गर्ने मौका गुमाउँदा डीएसए-ले टुर्नामेण्टबाट विदा लिनु पऱ्यो। विजेता टीमका गोलकीपर तुहिन ले प्लेयर अव् द म्याच को पुरस्कार जिते। यस प्रतिष्ठित टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। शुक्रवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिस र कनकाई फूटबल क्लब (नेपाल) बीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement