हाम्रो स्वाभिमान ट्रस्टद्वारा नयाँ वर्षमा मा न्यानो कपडा र भोजन सामग्री वितरण

IMG-20250102-WA0137

नयाँ दिल्ली: समाज सेवामा अग्रगामी हाम्रो स्वाभिमान ट्रस्टले नयाँ वर्षको पहिलो दिन १ जनवरी २०२५ मा श्री हरिहर वैदिक संस्कृत गुरुकुलम, बख्तावर पुर, दिल्लीमा पुगेर आश्रममा आवश्यकता भएका बालबालिकाहरुलाई न्यानो कपडा एवं भोजन सामग्री वितरण गर्योl प्रतिष्ठित ट्रस्टले चिसोबाट बच्न गरिब तथा विपन्नलाई हरेक वर्ष नि:शुल्क कम्बल वितरण गर्दै आएको छ। यही पहललाई अगाडि बढाउँदै यसपटक पनि श्रीमती अनीता ज्ञवाली अध्यक्ष महिला समिति को नेतृत्वमा नयाँ वर्षको अवसरमा श्री हरिहर संस्कृत गुरुकुलम, दिल्लीमा स्थित बालबालिकाहरु लाई न्यानो कपडा र भोजन सामग्री वितरण गरिएको छ।

यस अवसरमा हाम्रो स्वाभिमान ट्रष्ट को कार्यकारी अध्यक्ष शिवलाल ज्ञवालीले  आवश्यकतामा आत्मबल जगाएर सशक्तिकरण गर्नु परम कर्तव्य रहेको बताए। सो अवसरमा संस्थाका महासचिव श्रीमती अनिता छेत्रीले अत्याधिक चिसोमा गरिब जनतालाई संस्थाले सहयोग गर्नसक्ने गरी आवश्यक परेकालाई आर्थिक सहयोग गर्ने बताइन्। यसको लागि ट्रस्टले निरन्तर सेवा जारी राख्ने बताइन्। वर्षको प्रथम दिनको शुभारम्भमा  ट्रस्टका सदस्यहरुले कम्बल वितरण गर्ने विशेष भूमिका नारायण श्रेष्ठ अध्यक्ष, सेटलर ट्रस्टि प्रेम छेत्री, कार्यकारिणी सदस्य करण खड्का, ओम प्रकाश शर्मा, उपाध्यक्ष महिला समिति श्रीमती कमला पोखरेल, श्रीमती हरिकला, श्रीमती मीना पन्थी, श्रीमती बिन्दु सिंह, श्रीमती सृजना, श्रीमती बबीता, श्रीमती शोभा धर, श्री प्रकाश राणा, श्री पदम कार्कीको रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement