सोनादा डिग्री कलेजमा विशेष व्याख्यान

IMG-20220901-WA0152.jpg

सोनादा: सोनादा डिग्री कलेजको आइक्यूएसीको सहकार्यमा राजनीतिशास्त्र विभागले कलेजको सेमिनार हलमा ब्रेसटन वुड्स प्रणालीको विशेष सन्दर्भमा विश्व अर्थतन्त्र बुझाउने विषयमा विशेष व्याख्यान आयोजना गर्‍यो। व्याख्यानमा राष्ट्रिय रक्षा विश्वविद्यालय, गुजरातको स्कूल अफ् इन्टरनेशनल कोअपरेसन, सेक्युरिटी एण्ड स्ट्राटेजिक ल्याङ्ग्वेज (SICSSL) का सहायक प्राध्यापक डा. श्रद्धा राईले व्याख्यान दिएकी थिइन्। उक्त कार्यक्रममा राजनीतिशास्त्र तेस्रो र पाँचौं सत्रका विद्यार्थीहरू र विभागीय शिक्षक- शिक्षिकाहरू लगायत विभिन्न विभागका संकायहरुको सहभागिता रहेको थियो। राजनीति शास्त्र विभागकी सहायक प्राध्यापक अनुपमा तामाङले स्वागत मन्तव्य र वक्ताको परिचय दिएर वार्ता सुरु भएको थियो। डा श्रद्धाले कसरी व्यापार र वित्तबीचको अभिन्न सम्बन्ध छ र यसले हाम्रो दैनिक जीवनमा कसरी प्रभाव पार्छ भन्ने बारेमा चर्चा गरिन्। श्रीलंकाको संकट र नेपालमा आएको आर्थिक मन्दीको हालैका उदाहरण प्रस्तुत गर्दै उनले विश्व अर्थतन्त्रको कार्यशैलीको सिंहावलोकन गरिन्। ब्रेटन वुड्स प्रणालीलाई ग्याट -GATT- (जसले अन्ततः विश्व व्यापार सङ्गठनको निर्माणमा नेतृत्व गर्‍यो) र अन्तर्राष्ट्रिय मुद्रा कोषमा विशेष ध्यान दिएर स्रोत व्यक्ति (सोर्स पर्सन)द्वारा व्यापक रूपमा व्याख्यान गरिएको थियो। व्याख्यानपछि अन्तरक्रियात्मक र प्रश्नोत्तर सत्र पनि रहेको थियो जहाँ विद्यार्थीहरूले सक्रिय रूपमा भाग लिएका थिए। राजनीतिशास्त्र विभागीय प्रमुख प्रा सुशिला बराइलीले स्वागत वक्तव्य र सहायक प्राध्यापक डा कोमल कौशिक बरालले धन्यवाद ज्ञापन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement