न्यु बुटवल-बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा

IMG-20250102-WA0123

नवलपरासी: परासीको सुनवलदेखि बर्दघाटसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका सूर्यवस्तीस्थित न्यु बुटवल सबस्टेसनबाट बर्दघाट नगरपालिका-५ सम्मको करिब २२ किलोमिटर प्रसारण लाइन एक हप्ताअगाडि परीक्षण गरेर संचालनमा ल्याइएको विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए।
यो प्रसारण लाइन संचालनमा आएपछि न्यु बुटवल सवस्टेसनबाट हेटौंडासम्म २२० केभी प्रसारण लाइनको पूर्वाधार तयार भएको छ। विभिन्न जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनमार्फत न्यु भरतपुर सबस्टेसनमा जोडिने छ। विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा डबल सर्किट प्रसारण लाइन करिब एक अर्बको लागतमा निर्माण भएको हो। यो प्रसारण लाइन निर्माण भएपछि साना तथा ठूला विद्युत् उत्पादनलाई वितरण गर्न सहज हुनेछ।
यसअघि मंसिरमा यही प्रसारण लाइन संचालनका लागि सुनवल नगरपालिका-१३ सूर्यवस्तीस्थितमा न्यु बुटवल सबस्टेसन संचालनमा आएको थियो। स्टेसनले २ सय २० केभीएसम्मको क्षमताका कुश्मा, भरतपुर, बुटवल र बर्दघाट सबस्टेसनसँग विद्युत् सम्पर्क स्थापित भएको छ। कालिगण्डकी र यस आसपासका नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दाना सब स्टेसनबाट सुरु भएर पर्वत, बाग्लुङ, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै १ सय ४० किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन पश्चिम नवलपरासीसम्म विस्तार भएको छ। प्रसारण लाइनले करिब १ हजार २ सय मेगावाट विद्युत् भार बोक्नसक्ने क्षमता राख्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement