हात्तीको आक्रमणमा एक महिला ठहरै

IMG-20250102-WA0121

भद्रपुर: कक्नकवल ०७ दिपज्योति वन क्षेत्र बाहिर दाउरा र घाँस संकलन गर्न जाने क्रममा स्थानीय महिलाहरूको समूहलाई जङ्गली हात्तीले झण्डै १५० मिटर बाहिर खेतको बाटोमा आक्रमण गरेको थियो। उक्त घटनामा अन्दाजी ३५ वर्षकी केलाबत्ती राजवंशी हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन्। उनको बायाँ हातमा चोट र दाहिने खुट्टा भाँचिएको थियो।
घटनापछि उनलाई तत्काल उपचारका लागि साई पाथिभारा अस्पताल, भद्रपुर लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement