बिराटचौक: माेरङकाे सुन्दरहरैँचास्थित इन्द्रपुर जेसिजको २३औं तथा इन्द्रपुर जुनियर जेसिजको ७औं पदस्थापन समारोह सम्पन्न भएको छ।
कार्यक्रम विराटचाेकमा रहेको नेपालीरिका हाेटलमा बुधबार भएको थियाे। पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२४ का अध्यक्ष उत्सव थापाले वर्ष २०२५ का अध्यक्ष आकाश दुलाललाई चेन सहित जेसिजकाे पदभार हस्तान्तरण गरेका थिए।
त्यसै गरी जुनियर जेसिज वर्ष २०२४ का अध्यक्ष मदन भण्डारीले वर्ष २०२५ का अध्यक्ष आयुश अधिकारीलाई पदभार हस्तान्तरण गरे। पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२५ का अध्यक्ष दुलालले आफनो कार्यकालमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्धत पुग्ने गतिविधिहरूलाई प्राथमिकतामा राखेर जेसिजकाे आस्था र विश्वास अनुसार काम गर्ने उल्लेख गरे।
कार्यक्रममा विभिन्न व्यक्तिले स्थापना गरेको पुरस्कारबाट समाजमा विशेष याेगदान पु-याउँने व्याक्तिलाई सम्मानित गरिएको थियाे।