युनेस्कोलाई धन्यवाद प्रकट गर्न कोलकातामा मेगा कार्निभल

फाइल फोटो

कोलकाता: दुर्गा पूजालाई युनेस्कोबाट हेरिटेज ट्याग प्राप्त भएको छl यसैको लागि युनेस्कोलाई धन्यवाद प्रकट गर्न बिहीबार मेगा कार्निभल सम्पन्न भयो। दिउँसो २ बजे जोरसाँको ठाकुरबारीबाट कार्निभल शुरु भएर रानीरसमणि हुँदै रेडरोड पुगेर मूल कार्यक्रम सम्पन्न भयो। मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा विशाल पदयात्रामा धेरै संख्यामा मानिसहरू सहभागी भए। मुख्यमन्त्री ममता ब्यानर्जीले ‘गर्मी भन्दा पानी परेको राम्रो’ उनी ‘जय माँ दुर्गा’ भन्दै अगाडि बढिन्। कार्निभलमा पूजा समितिहरू विभिन्न विशेष शैलीमा देखियो। कोलकातासँगै हावडा, सल्ट लेक र जादवपुरका पूजा समितिहरूले पनि आ-आफ्नो शैलीमा भाग लिए। कोलकाता पुलिसले सुरक्षा व्यवस्था कडा गरेको थियो। करिब तीन हजार पुलिस सुरक्षाकर्मी खटिएका थिएl  

About Author

Advertisement