राजगञ्जमा विभिन्न कार्यक्रमका साथ तृणमूल कांग्रेसको स्थापना दिवस सम्पन्न

bcb5f657-9c87-4383-bcb6-4d004360b141-1024x576

राजगञ्ज: राजगञ्जमा विभिन्न कार्यक्रम गरी तृणमूल कांग्रेसको स्थापना दिवस मनाइएको छ। राजगञ्ज सहित सबै राज्यमा तृणमूल कांग्रेसको स्थापना दिवस मनाइयो। आज राजगञ्ज ब्लक तृणमूल कांग्रेसले राजगञ्ज ग्रामीण अस्पतालमा ४० जना बिरामीहरूलाई फलफूलहरू वितरण गरेको थियो। यस बाहेक सन्यासिकटा ग्राम पञ्चायतमा युवा तृणमूल कांग्रेसको तर्फबाट करिब ४सय जना बिपन्न समुदायका ब्यक्तिलाई जाडोमा लगाइने न्यानो लुगा प्रदान गरिएको थियो। सो अबसरमामा राजगंज विधायक खगेश्वर राई, राजगंज ब्लक तृणमूल कांग्रेस अध्यक्ष अरिन्दम बनर्जी, रणवीर मजुमदार, रुपाली दे सरकार, शरबनी धारा, तम्हीदार रहमान, रोशन हबीब र अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement