मुख्यमन्त्रीले खानपाड़ामा मिनी आईएसबीटीको उद्घाटन गरे

CM-E-Bus-1068x714

गुवाहाटी(असम): असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गुवाहाटीको खानापाड़ामा मिनी इन्टर स्टेट बस टर्मिनस (आईएसबीटी)- को एक कार्यक्रमका बिच उद्घाटन गरेका छन्। सो टर्मिनसको उद्देश्य राजधानीबाट आउने-जाने यात्रीहरूको यात्रालाई सहज बनाउनु हो।
यस अवसरमा मुख्यमन्त्रीले भने, यो परियोजनाले राजधानी क्षेत्रको सार्वजनिक परिवहन प्रणालीलाई सशक्त बनाउनेछ। यसका अतिरिक्त ६५ नयाँ ई-बसहरूलाई पनि जोड़िेएको छ जसले प्रदूषण रहित सार्वजनिक सवारीको सपनालाई साकार बनाउन सकियोस्। उनले भने, यो कदम राज्यमा यातायात व्यवस्थालाई आधुनिक र पर्यावरणलाई अऩुकूल बनाउने दिशामा एक महत्वपूर्ण कार्य हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement