गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज दार्जिलिङका सांसद राजु विष्टसॅंग शिष्टाचार भेंट गरे। यस भेटको अवसरमा मुख्यमन्त्री र सांसदले एकार्कामा नयाॅं वर्षको शुभकामना आदान-प्रदान गरे।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा छिमेकी क्षेत्रहरूबीच साझा बलियो र सौहार्दपूर्ण सम्बन्धमाथि चर्चा गरेको बताएका छन्। उनले सार्थक अन्तरक्रिया भएको बताएका छन् जसले सद्भाव र प्रगतिलाई बढावा दिन आपसी सम्मान र सहयोगको महत्त्वलाई उजागर गरेको बताएका छन्।